काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले खोलेको राजनीतिक दलको नाम साझा पार्टी हुने भएको छ।
मिश्रले बुधबार पार्टीको नाम र चुनाव चिन्ह तराजु सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
मिश्रका अनुसार निवेदन आयोगले दर्ता गरेको छ। ‘स्थानीय चुनाव घोषणा भइसकेको अवस्थामा नयाँ दल दर्ता गर्ने स्थिति थिएन,’ मिश्रले भने, ‘त्यसैले नाम र चुनाव चिन्ह सुरक्षित गर्न निवेदन दर्ता गरेका हौं।’
मिश्रले मंगलबार मात्रै बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा लाग्ने घोषणा गरका थिए। मिश्रको पार्टीको बुधबारै फेसबुक पेज र ट्वीटर ह्यान्डल पनि बनाइएको छ। तर यसमा अहिलेसम्म कुनैपनि पोष्ट नगरिएको मिश्रले जानकारी दिए।
Facebook Comments Box