कनकाई । नेकपा एमाले कनकाई नगर कमिटीको आयोजनामा एक दिवसीय कार्यकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई बहुमुखी क्याम्पस, सुरुंगाको सभाहलमा सम्पन्न संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान कार्यक्रममा नेकपा एमालेका नेता एवं सासद लालबाबु यादव, प्रेम गिरी, प्रदेश नंं १का सदस्य सदस्य हिरा थापा, जिल्ला अध्यक्ष चिन्तन पाठक, क्षेत्र नं४ का अध्यक्ष हरि रानाले प्रशिक्षण दिएका थिए ।
नगर कमिटी अध्यक्ष कोमल पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौं कार्यकर्ताको सहभागिता रहेको सचिव रविन्द्र लम्सालले जनाए ।
Facebook Comments Box