काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुशुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका भतिज ई. अभिषेक यादवसँग विवाह भएको छ ।
सोमबार बिहान १० बजेको शुभ साइतमा स्वयंवर भएको हो ।
अभिषेक कांग्रेस केन्द्रीय सदस्य एवं सांसद किरण यादवका छोरा हुन् । शीतलनिवासमा आयोजित विवाह समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो ।

समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित भएका थिए ।


फोटोः राष्ट्रपति कार्यालय
Facebook Comments Box