काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस’ लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको बताउनु भएको छ । आज बिहान भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
भेटमा प्रधानमन्त्रीले दाहालले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको र नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका रहेको उल्लेख गर्नुभएको हो ।
प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन सम्भव नरहेको उहाँको भनाई थियो ।
उहाँले २१ औं शताब्दी सूचना र प्रविधिको युग भएको भन्दै सूचना र प्रविधिको विकासले विश्व जगतमै महत्वपूर्ण परिवर्तन एवं सामाजि जागरण ल्याएको बताउनुभयो ।
Facebook Comments Box