काठमाडौं । सरकारले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले उनलाई बर्खास्त गरेको हो ।
उनलाई सरकारले दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई बर्खास्त गरेको हो।
प्रमुख कार्यकारी अधिकृत पदमा सरकारले गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
पोखरेल यसअघि पनि सोही पदमा सुशील कोइरालाको सरकारले नियुक्त गरेको थियो।
Facebook Comments Box