दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन् ।
झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए । उनले मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लागिपर्ने बताए ।
पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिए ।
करिब आठ करोडको लागतमा बन्ने एघार किमी लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ ।
Facebook Comments Box