काठमाण्डौं । व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने झापाका सांसदहरुले विकासका लागि ३३ करोड बजेट विनियोजन गरेका छन् ।
जिल्ला विकास समितिका अनुसार निर्वाचित सांसदहरुल प्रत्येक निर्वाचन क्षेत्रमा जनही तीन करोड तथा समानुपातिक सांसदले जनही ५० लाख बजेट विनियोजन गरेका छन् ।
निर्वाचित तथा समानुपातिक सांसदले विनियोजन गरेको बजेटबाट ६ सय ३६ वटा विकासका योजना यसै आवमा सम्पन्न हुने योजना शाखाका कर्मचारी डिल्ली नेपालले बताउनुभयो ।
व्यवस्थापिका–संसदमा जिल्लाबाट सात जना निर्वाचित तथा १७ जना समानुपातिक सांसदले प्रतिनिधित्व गरेका छन् ।
Facebook Comments Box