झापा- अग्रसेन भवन बिर्तामोड सेवा प्रारम्भको रजत जयन्तीको अवसरमा भवनको नवनिर्मित माथिल्लो तल्ला उद्घाटन तथा श्रीराम कथा आयोजना गरिने भएको छ।
आगामी चैत २२ गतेदेखि ३० गतेसम्म कार्यक्रमहरू आयोजना गरिने भएको आइतबार बालाजी धाम परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
चैत २२ गते मानस ग्रन्थ र शोभा यात्रा तथा नवनिर्मित माथिल्लो तल्ला उद्घाटन गरिने अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिए।

उनले भने, ‘हामीले रामनवमीको अवसरमा श्रीराम कथाका साथै रक्तदान, कृत्रिम खुट्टा वितरण तथा योग शिविर पनि सञ्चालन हुनेछ।’ राम कथा भने चैत २२ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उनले बताए।
यो सामाजिक काममा सबैले साथ दिनेमा विश्वास रहेको उनले बताए। भवनको माथिल्लो तल्लाको उद्घाटन जगदीशप्रसाद मिण्डाले गर्ने अग्रवालले जानकारी दिए।
महायज्ञको उद्घाटन छविलदास वंशलले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। श्रीराम कथा प्रख्यात कथावाचक श्री नवराज प्रपन्नजी महाराजले वाचन गर्नेछन्।
रक्तदान कार्यक्रम चैत २५ गते बिहान ११ बजे सुरु हुनेछ भने चैत २६ गते बिहान ११ बजेदेखि कृत्रिम खुट्टा बितरण गरिनेछ। योग शिविर चैत २३ गतेदेखि कार्यक्रम अवधिभर सञ्चालन गरिने आयोजक समितिले जनाएको छ।

