काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानूनी उपचार खोज्ने भएका छन् ।
हाजिरी जमानीमा रिहा भएपछि उनले विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी पक्राउ गरेकोमा आपत्ति जनाएका हुन् ।
प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राखेकाले यस योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने सिरोहियाले बताए ।
सिरोहियाले कान्तिपुरको पत्रकारिता र सञ्चारमाध्यमलाई तर्साउन आफूलाई पक्राउ गरिएकोमा अब कुनै शंका नरहेको पनि बताए ।
‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु । त्यस्तै म गैरनेपाली रहेको, मसँग दुईरतीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु,’ उनले भनेका छन् ।
