झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसाय एक रथका दुई पांग्रा भएको बताएका छन् ।
बिहीबार झापा बिर्तामोडको अग्रसेन भवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले व्यवसायविना सरकारलाई कर प्राप्त नहुने र सरकारबिना व्यवसाय सञ्चालन हुन नसक्ने बताए ।
कोशी प्रदेशबाटै सरकार र व्यवसाय एक आपसका परिपूरक भएको आभास हुने गरि काम भइरहेको उनले बताए ।
बाबाको दिव्य शिश एवं अखण्ड ज्योत स्वागत यात्रा विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आफू पनि भारतमा अवस्थित खाटुधाम गएको र त्यहाँबाट फर्केपछि मुख्यमन्त्री पद प्राप्त भएको बताए ।
बाबाको दिव्य शिश एवं अखण्ड ज्योत स्वागत यात्रामा सहभागीहरूलाई उनले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाइ गरे । उक्त यात्रामा सहभागीहरू खाटुधाम पुगेर बिर्तामोड आइपुग्नेछन् ।
Facebook Comments Box
