काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको वैधानिकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ हुँदैछ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा बिहीबार रीट निवेदक पक्षले जवाफी वहस गर्ने छन् ।
रिट निवेदक पक्षको जवाफी वहसपछि बिहीबार नै फैसला आउनसक्ने संभावना रहेको छ ।
मूख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्षको पनि मत प्रयोग गरेको भन्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट हाल्नु भएको हो ।
Facebook Comments Box
