काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको बताएका छन्।
उनले आफूले त्यसको दुरुपयोग नगरेको भन्दै आफूले कुनै गल्ती नगरेको दाबी गरे। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्नेगरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाउँदै गर्नका लागि आफूले राखेको बताए।
Facebook Comments Box