काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सके राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए।
‘राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने भनेका छौँ,’ पौडेलले भने।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए।
आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको उनले बताए।
Facebook Comments Box