काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत डि आर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्।
ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आज बुधबार भएको भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहोग रहने विश्वास व्यक्त गरे।
उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताए।
Facebook Comments Box