काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू ठूलो अग्निपरीक्षामा रहेको बताएका छन् ।
उनले भाषण कम र काम बढी गरेर जनताको मन जित्ने बताएका हुन् ।
नराम्रो काम नगर्ने र गर्न पनि नदिने प्रण गरेको उनले बताए ।
शुक्रवार काठमाडौंमा हस्तकला महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताले महसूस गर्नेगरी काम गर्न चाहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
Facebook Comments Box