काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समिति बनाउने निर्णय गरेको छ ।
बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने पनि निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले प्रत्येक दलबाट न्यूनतम साझा कार्यक्रम बनाउने समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
उनले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताए ।
मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिइनेबारे बैठकमा छलफल भएको उनको भनाइ थियो ।
Facebook Comments Box