काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् ।
बुधबार साँझ प्रचण्ड खुमलटारबाट बालुवाटार सरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो ।
त्यसलगतै पूजापाठपछि उनी मुख्य भवनमा प्रवेश गरेका थिए । निवासको चाबी प्रधानमन्त्री पुत्री गंगा दाहालले जिम्मा लिइन् ।
प्रचण्डलाई आइतबार मुलुकको ४४ औ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको थियो ।
Facebook Comments Box