काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निवास कोटेश्वरमा स्वागत गर्दै पार्टीमा प्रवेश गराए।
मनाङे मनाङ प्रदेश ख बाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित सांसद पनि हुन्।
मनाङे मनाङ–१ (ख) बाट विजयी भएका थिए। उनलाई नेपाली कांग्रेस र नेकपा एमालेसहितले समर्थन गरेका थिए।
Facebook Comments Box