काठमाडौँ । एकीकृत समाजवादीबाट इलाम क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार बनेका झलनाथ खनालले आफूलाई चुनावी परिणाम स्वीकार्य नभएको बताएका छन्।
आइतबार सकिएको गणनामा खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका थिए। खनालले २३ हजार ८९ मत पाउँदा विजय हुने बस्नेतले २५ हजार ७५३ भोट पाएका छन्।
उनले खसेको भन्दा धेरै मत बाकसमा पाइएको भन्दै पुनःमतदानको माग गरेका गरे पनि निर्वाचन अधिकृतको कार्यालयले गणना गरेर परिणाम सार्वजनिक गरेको छ। त्यसप्रति विमती राख्दै खनालले परिणाम नमान्ने र कानुनी उपचार खोज्ने जनाएका छन्।
विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ।’
Facebook Comments Box