काठमाडौं। नेपाली कांग्रेसले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर स्थिर सरकार बनाउने विषयलाई आफ्नो घोषणापत्रमा अघि सार्ने भएको छ।
आज बसेको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी दिँदै सह महामन्त्री जीवन परियारले घोषणापत्र तयार पार्ने कामलाई तीव्रता दिएको बताएका हुन्।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र मस्यौदा समितिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाएर काम गरिरहेको बताए।
कांग्रेसले आफ्नो घोषणापत्रमार्फत स्वरोजगारी, नवीनतासँगै राजनीतिक स्थिरताका पक्षमा प्रभाव पार्ने विषय अगाडि बढाउने भएको छ।
०४८ सालबाट कांग्रेसले सुरु गरेको महत्त्वपूर्ण विषयलाई पनि समेट्ने परियारले बताए।
Facebook Comments Box