काठमाडौं । राप्रपा नेपालले भदौ २१ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला समितिहरूलाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्बाचनको निमित्त भदाै २१ गते भित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरि केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको हो ।
बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ ।
साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेचीऔमहाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ ।
कार्यक्रम अनुसार मेचीको काँकरभिट्टाबाट भदाै ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं फर्किएर यात्राको समापन हुनेछ ।