झापा । राप्रपा नेपाल र राप्रपाबीच मंसिर ६ गते केन्द्रीय समिति एकीकरण भए पछि जिल्लास्तरमा पनि यसको कार्यान्वयन जारी छ ।
बिहीबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममार्फत् झापाका दुईवटा जिल्ला कमिटी एकीकरण भएको घोषणा गरिएको छ ।
एकीकरण पछि राप्रपाको झापा अध्यक्षमा अम्बरबहादुर बिष्ट र सहअध्यक्षमा जयबहादुर श्रेष्ठ रहने गरी ११७ सदस्यीय कार्यसमितिको घोषणा गरिएको हो ।
दुवै पार्टीको एकीकरण घोषणा समारोहमा पार्टीका केन्द्रीय नेताहरु तथा केन्द्रीय पर्यवेक्षकहरुको बाक्लो उपस्थिति रहेकाे थियो ।
अक्बरबहादुर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य राप्रपा केन्द्रीय सम्पादन समितिका सदस्य राजेन्द्र लिङ्देन रहेका थिए । कार्यक्रममा पूर्वमन्त्री तथा राप्रपा केन्द्रीय सदस्य भुवन
पाठक, केन्द्रीय सदस्य रोशन कार्की, केन्द्रीय सदस्य केदार कोइराला, केन्द्रीय सदस्य भक्ति सिटौला, केन्द्रीय सदस्य रोहितकुमार सिंह राजवंशी, केन्द्रीय सदस्य राजकुमार पोखरेल, केन्द्रीय सदस्य देवीरमण भट्टराई, केन्द्रीय सदस्य राजेश गिरीलगायतको उपस्थिति रहेकाे थियो ।
सहअध्यक्ष जयबहादुर श्रेष्ठले स्वागत मन्व्यसहित एकीकरण घोषणा गरेका थिए भने कार्यसमितिको नामवलि पनि पढेर सुनाएका थिए । सभाको सञ्चालन केशव ओझा र रामकुमार राजवंशीले गरेका थिए ।
कार्यक्रमकै अवसर पारेर नेकपा माअाेवादी, नेपाली कांग्रेस, एमाले लगायतका दलका ५० वढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका थिए ।
