नेपालीमा एउटा भनाई छ,”बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन।” एक्काइसौँ सताब्दीको समय यति बलवान् र परिष्कृत भएर आयो कि अब सत्य तथ्य नडगमगाई बोल्नेको मात्र पिठो बिक्ने स्थिती सृजना हुँदैछ।
यस्तै साँचो,स्पष्ट र छुच्चो बोली भएका डोनाल्ड ट्रम्पले सत्यताको नाङ्गो नाँच नचाएर आफ्नो पिठो अमेरिकी जनतामाझ बिकाएका छन अर्थात उनि आफ्नो राजनीतिक एजेन्डा बेचेर अमेरिकाको ४५ औँ राष्ट्रपति बनेका छन। जसमा सबैभन्दा रुचाइएको भनाई थियो “मेक अमेरिका सेफ एण्ड ग्रेट अगेन।”
विगत डेढ वर्षदेखी सुरु भएको चुनावी सरगर्मी गत नभम्बरमा १० मा आएर सेलाएको छ । मास मेडिया हेलुसिनेसन(मिडिया ले छर्ने भ्रम जसलाई मिडियाले आफु अनुकूल बुझुन भन्ने चाहन्छ र जनताले त्यसै गरि बुझ्दछन) का कारण ट्रम्पको जित धेरैका लागी अपत्यारिलो लागेपनि यो जित अमेरिकी भविष्यको जित हो न कि त्यहाँ बसेका गैरकानूनी आप्रवासी, विध्यार्थी वा अमेरिका जान चाहने आकांक्षीको।

संसारभरका ठूला भनि कहलिएका मिडिया र राजनीतिक पंडित कसरी पुँजीवादको गुलाम रहेछन भनि पुष्टि गरेर ह्वाईट हाउसको सिंहासनमा यहि जनवरी २० मा ट्रम्पले आफ्नो कार्यकालको औपचारिक सुरुवात गर्दैछन अर्थात अबको चार वर्ष ट्रम्प अमेरिकी भविष्यको ठेकेदार भएका छन ।
छुच्चो बोली, गैरकानूनी आप्रवासी प्रति कठोर, मुस्लिम प्रति धृणाको भाव स्पष्ट व्यक्त गरेकै कारण ट्रम्प पटक पटक विवादमा तानिएका थिए तथापी उनलाई ह्वाईट हाउसको ढोकासम्म पुग्न कसैले रोक्न सकेन किनभने उनले व्यक्त गर्ने प्रत्येक भावमा अमेरिकी समस्या र अमेरिकी सपनाको भाव झल्काउँथ्यो ।
उनले एउटा चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए,”हामीले कयौँ विलीयन डलर मध्यपूर्वमा खर्च गरेका छौँ, त्यसको सट्टा हामीले हाम्रो स्वास्थ्य सेवामा क्रन्तिकारी सुधार गर्न सक्थ्यौँ, हाम्रा एयरपोर्टहरु तेस्रो विश्वका जस्ता छन तिनीहरुको सुधारमा खर्च गर्न सक्थ्यौँ “, के यो सच्चा अमेरिकीका लागी चित्त बुझ्दो तर्क थिएन? एक महिलाले मत खसालेर आएपछी एउटा पत्रिकालाई भनेकी थिइन,” हो म एक मुसलमान महिला हो मैले ट्रम्पलाई मेरो मत दिएँ ।”
ट्रम्पले आफ्नो चुनावी अभियान भरी अमेरिकी समस्यालाई उजागर गरे जस्तै हतियारको सहि व्यवस्थापन र प्रयोग, चिनसँगको बढ्दो आर्थीक भार, बढ्दो वेरोजगारी, आतन्ककारी हमलाको सम्भाव्यता,आदी। यसको ठिक उल्टो हिलारी क्लिन्टन कुटनीतिक दर्शनमा मात्रै भुलेको जस्तो देखियो त्यसैकारण नतिजा हाम्रो अगाडी स्पष्ट आयो।
यसैगरी उनले अर्को चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए,”हाम्रा कम्पनी विदेश जान्छन र त्यहाँ गरिएको उत्पादन पुन अमेरिका आयात गर्छन जसले रोजगारी र ट्यक्स बाट हुनसक्ने सरकारी कमाईलाई घाटा पुगेको छ र सबैभन्दा खराब पक्ष चिनले यसको मौका छोपेर आफ्नो मुद्रा अवमूल्यन गर्छ यसको चिरफार गर्न आवश्यक छ र मेरालागी ग्लोवलाइजेसनको अर्थ यो नै हो ।”
के भोली नेपालमा पनि यस्तै नेतृत्व आएर भारतिय मिचाहा प्रवृतिको खुलेआम विरोध गर्यो वा नेपाललाई पश्चिमा शक्तिको प्रोयोगशाला बनाइएको विरूद्धमा आवाज उठायो भने उनिहरुका गुलाम खट्ने मिडिया र जनातलाई पच्नेछ?त्यसका विरुद्द भ्रम फैलाउने छैनन?हो अमेरिकामा भएको ठ्याक्कै यहिनै हो।
अन्त्यमा:
डोनाल्ड ट्रम्पको भिन्न एजेन्डा र व्यक्तित्वका कारण उनको विजय भएता पनि उनले के भुल्नु हुँदैन भने अमेरिका विश्वको अभिभावक हो, उ संसारको वादशाह हो र आगामी कयौँ दशकसम्म पनि रहि रहने छ ।
९\११ को आतन्कवादी हमलापछी अर्काको देशमा घुसेर जसरी सरकार ध्वस्त पार्ने क्षमता उसले देखायो त्यो चानचुने होइन त्यसैले अमेरिका आउने धेरै समयसम्म विश्व शाक्तिकै रुपमा रहिरहनेछ चाहे त्यो सामाजिक हिसाबले होस वा आर्थिक हिसाबले । यस्तो अदभुद आँट र क्षमता भएको अमेरिकाले अन्तराष्ट्रिय शान्ति, क्लाइमेट चेन्ज र अन्तराष्ट्रिय स्थायित्वको लागी उसले अझै अभिभावकको भूमिका खेल्नैपर्छ र नेतृत्व लिनैपर्छ।
यति मात्र हैन आफूभित्र सबै जातजाती, धर्म, संस्कृति, अरुको दिमाग पचाउने क्षमता उसैसँग छ । अबको विश्व राजनीति कता मोडिने छ त्यो त समयले अवश्य नै देखाउने छ । त्यो मात्र हैन संसारका धेरैखाले बाधाअडचन समाधानमा ट्रम्पको भूमिका कस्तो रहनेछ भन्ने सबैको नजर उनितर्फ नै छ । र उनले त्यसै दिशातर्फ सहयोग पुर्याउन भन्ने पनि धेरैको अपेक्षा रहने छ । यदि यसो गर्न ट्रम्पले सकेमात्र अमेरिका फेरि महान र सुरक्षित हुँनेछ।
1 Comment
देशका आन्तरिक समस्याहरूलाई राष्टीय मुद्दा तथा चुनावी एजेण्डा वनाएर ा जनताले के चाहेकाे के हाे र अमेरीकाकाे संवृद्धि िमडीयाकाे प्रचारात्मक दवदवाहमा छैन भन्ने कुरा ले ट्म्प काे जित सुनिश्चित वनायाे ा