काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन् ।
सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताएका हुन् ।
उनले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिबादी प्रवृति हावी भएका कारण मुलुक पटक पटक समस्यामा परेको तर्क गरे ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोषा नगरि सवै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिए । अवको निर्वाचनमा सवै स्थानमा उम्मेदवारी दिने उनको भनाइ छ ।
Facebook Comments Box