काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको त्रिचन्द्र कलेज अगाडी प्रदर्शनमा उत्रेका बिद्याथी र प्रहरीबीच झडप भएको छ ।
मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेर बहादुर देउवा र उद्योगमन्त्री दिलेन्द्र बडुको पुतला दहन गर्ने क्रममा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि बिद्यार्थीहरुले ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
सो क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरीको एउटा भ्यानमा क्षति पुगेको छ ।
सरकारले गएराति पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७-२७ रुपैयाँ मूल्यवृद्धि गरेपछि बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।