पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतंकको शासन हटाउनका लागि गठबन्धन बनाउन आफूहरू बाध्य भएको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।
पोखरामा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले ओलीले आफ्नो शासनकालमा आतंक मच्चाएको आरोप लगाए।
उनले संसद् भंग गर्ने र चल्न नदिने ओलीको प्रवृत्ति रहेको बताए ।
असंवैधानिक संसद् विघटन आफूहरूले अदालत गएर फिर्ता ल्याएको उनले उल्लेख गरे । गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसलाई परेको उनको जिकिर छ ।
गठबन्धनविरोधी काम नगर्न आग्रह गर्दै देउवाले विरोधमा जानेलाई कारबाही गर्ने चेतावनी दिए ।
Facebook Comments Box