काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताएकी छिन्।
अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने उनले बताइन्।
राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौंमा आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेवी सरकार लोकतन्त्रका अपरिहार्य तत्त्व भएको बताइन् ।
Facebook Comments Box