नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
प्रदेश १ का विभिन्न पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै हिडेका ओलीले सरकारमा बाँडीचुडी खान कांग्रेसले माओवादी केन्द्रलगायत दलसँग गठबन्धन गरेको आरोप लगाए ।
एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हिम्मत नभएर कांग्रेसले गठबन्धन गरेको उनको भनाइ छ ।
Facebook Comments Box