काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्।
मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन्।
आइतबार भने उनी राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि भने उनी रुपन्देहीको बुटवल जानेछन्।
निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओलीको चुनावी दौडधुप बढेको छ।
उनले स्थानीय तहमा फेरि पहिलो दल हुने दाबी गर्दै आएका छन्। विकास र समृद्धिका लागि भन्दै चुनावी सभालाई सम्बोधनको क्रममा जनतासँग मत माग्ने गरेका छन्।
Facebook Comments Box