काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धनले आज रुपन्देहीकाे बुटवलमा चुनावी सभा गर्ने भएको छ ।
देवीनगरस्थित चौपारीमा आयोजना हुने चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापा, कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँडले सम्बाेधन गर्ने कार्यक्रम छ ।
सभाअघि गठबन्धनले शक्ति प्रदर्शन गर्ने नेपाली कांग्रेस रुपन्देहीले जनाएकाे छ । नेपाली कांग्रेस एकल रुपमा आयाेजना गर्ने भनिएकाे सभालाई गठबन्धनकाे संयुक्त चुनावी सभा बनाइएकाे हाे । गठबन्धनले बिहीबार चितवनकाे भरतपुर र शुक्रबार काठमाडाैंमा सभा गरेकाे थियाे ।
Facebook Comments Box