काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले छमध्ये दुई महानगरको मेयरमा महिला उम्मेदवार उठेकोले दुबै जनालाई जिताउन आग्रह गरेका छन्।
भरतपुरको मेयरमा रेनु दाहाललाई र काठमाडौंको मेयरमा सिर्जना सिंहलाई जिताउन उनले आग्रह गरेका छन्।
सत्तागठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै देउवाले महिलालाई मेयरमा जिताउन आग्रह गरेका थिए।
उनले काठमाडौंमा फोहोर समस्या रहेकोले मेयर जितेको छ महिनाभित्र व्यवस्थापन गरिने पनि बताएका थिए।
Facebook Comments Box