काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन दुईवटा गठबन्धनको ब्याटल हुने बताएका छन् ।
शुक्रबार शान्तिबाटिका आयोजित चुनावी सभामा उनले देशमा एउटा संविधान, संघियता, परिवर्तन विरोधी गठबन्धन र अर्को प्रगतिको पक्षधर गठबन्धन रहेको र ती गठबन्धनबीच लडाइँ हुने उनले बताए ।
“हामी सबैले हँसिया हथौडा, कलम अरू जति आपसी चुनाव चिह्न छन्, यसलाई सहज रूपमा लिन सक्नुपर्यो,” जुन दिनसम्म हामी कांग्रेस, कम्युनिस्ट आगो बारबार, पानी बाराबार हेर्नै नहुने दुष्मनै जस्तो ठान्ने गर्यौं । ३० वर्ष बितायौं । के पायो देशले ?,” उनले प्रश्न गरे ।
त्यसैगरी उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट हाल्न नसकेको भन्दै अहिले हाल्नैपर्ने बताए ।
Facebook Comments Box