भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरमा रेणु दाहालले जितिसकेको बताएका छन् ।
भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले रेणुलाई जिताएपछि गठबन्धन बलियो हुने र यसमा कांग्रेसले कुनै बखेडा झिक्न नहुने बताए।
‘उहाँ (रेणु)ले जितिसक्नुभएको छ । हाम्रो पार्टीले कुनै बखेडा गर्दैन । रेणु दाहालजीलाई चितवनमा जिताउने कांग्रेसको झन् कर्तव्य हुनेछ । कुनैपनि शंका नहुने स्थितीबाट सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर हो रेणुजी । बेरुजु पुरै फछर्योट भएको छ । हरेक गल्ली कालोपत्रे भएको छ । स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको छ । काठमाडौंभन्दा महंगो भइसक्यो भरतपुर । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन खोजिरहनुभएको छ । अन्तर्राष्ट्रिय कन्फरेन्स हल बनाउन खोज्नुभएको छ । यो सानो कुरा होइन । उहाँले जित हाँसिल गरिसक्नुभएको छ,’ देउवाले भने।