बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै उनले झापा पुनः लालकिला बन्ने दाबीसमेत गरे।
झापाको हल्दिबारी १ गोल्धापमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने ल्याकत नभएको बताए ।
अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै बिकास सम्भव भएकोले बिकासका लागि एमालेलाई बिजयी गराउनु पर्ने बताए ।
झापाको बिर्तामोडमा सम्बोधन गर्दै ओली सोही कुरा दोहोर्याए।
उनले भने, ‘झापा लाल किल्ला बन्नेमा हामी विश्वस्त छौं।’
Facebook Comments Box