बुटवल । नेकपा एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका लागि महाभारत भएको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय चुनाव एमालेका लागि महाभारत भएपनि विजय हासिल गरेरै छाड्ने बताएका हुन् ।
उनले महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा रहेको बताए।
Facebook Comments Box