काठमाडौं । नेपाली काँग्रेस नेता शेखर कोइराला नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताव सिंहलाई नियुक्त गरिएकोप्रति विरोध जनाएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा सिंहलाई नियुक्त गरेपछि ट्वीटमार्फत कोइरालाले विरोध जनाएका हुन् ।
वरीयता र प्रक्रिया मिचेर सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउँने काम गरेको उनको भनाइ छ ।
सरकारको उक्त निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको कोइरालाले बताए ।
Facebook Comments Box