काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता लागू भएपछि झाँक्रीले विदेश भ्रमण गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगका एक आयुक्तका अनुसार आयोगले झाँक्रीको अमेरिका भ्रमणका सम्बन्धमा स्पष्टीकरण सोधिएको हो ।
मन्त्री झाँक्रीले स्पष्टीकरणको जवाफ पठाएकी छन् । आयोगले सोधेको स्पष्टीकरणको जवाफ मन्त्रालयको तर्फबाट आएको तर, त्यसको अध्ययन भने भइनसकेको आफूले बुझेको उनले बताए ।
Facebook Comments Box