काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ट्युसन पढाउने बताएका छन्।
स्थानीय तह चुनावबारे बुधबार काठमाडाैंमा आयाेजित पत्रकार सम्मेलनमा थापाले केपी ओलीलाई बालकाेट गएर आफूले ट्युसन पढाउने बताएका हुन् ।
कांग्रेसकाे घाेषणापत्रबारे केपी ओलीले गरेकाे टिप्पणीकाे जवाफ दिँदै थापाले भने – ‘यसबारे उहाँलाई धेरै कुरा भन्नुछ तर उहाँ पनि पार्टी अध्यक्ष,म पनि महामन्त्री हामी दुबै आ-आफ्नाे ठाउँमा व्यस्त छाैं,एक दिन बालकाेट गएर नै उहाँलाई ट्युसन पढाउँछु ।’
घाेषणापत्र कपी गरेकाे आराेप लगाउने ओलीले यसअघि पनि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भनेर आफूले संकल्पपत्र ल्याउँदा पनि समृद्ध नेपाल सुखी नेपालीकाे नारा चाेरेकाे आराेप लगाएको थापाले बताए।
एमाले अध्यक्ष ओली अंहकारी नेता भएकाे गम्भीर आराेप पनि थापाले लगाए । ‘जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो, केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो, अहिले हामीलाई, उहाँको झुटलाई च्यालेन्ज गर्नेहरुलाई उहाँले गाली गर्ने नै पागल भनेर हो’- गगनले भने ।