ईलाम । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनतर्फ सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताएका छन । किराँत धर्मगुरू आत्मानन्द लिङदेनको त्रिसठी औँं शुभजन्मोत्सवको अवसरमा आज इलामको बाँझोस्थित लारूम्बामा आयोजित कार्यक्रममा उनले भने — ‘अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयनको बेला हो ।
पूर्वसभामुख समेत रहेका नेता नेम्वाङले जसरी सबै दल मिलेर संविधान निर्माण ग¥यौं, त्यसरी नै सबै मिलेर संविधानको पूर्ण कार्यान्वयन गर्न सक्नुपर्दछ भन्दै संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भएको बताए ।
ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा अनियमितता भए तत्काल स्थानीयतहबाट खबरदारी गर्न समेत उनले सबैमा आग्रह गरे ।
सोही अवसरमा नेता नेम्वाङले इलाम चुलाचुलीका ज्ञानुदय लावती र झापाका देवदास लगुन राईलाई जनही १० हजार ६३ को आत्मानन्द साहित्य पुरस्कार प्रदान गरेका छन ।