झापा । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्न झापामा २९२६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्।
११ र १२ गते भएको मनोनयन दर्तामा मेयर पदमा १३० जनासहित २९२६ जनाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए।
उनका अनुसार मेयर-अध्यक्षमा १३०, उपमेयर-उपाध्यक्षमा १११ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। झापाको १३१ वडामा ६८० जनाले वडाध्यक्ष पद्मा उम्मेद्वारी दर्ता गराएका छन् । महिला सदस्यहरुमा ५०५ जना, दलित महिला सदस्यहरुमा ४११, खुल्ला सदस्यमा १०८९ जनाले उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।
यस्तै, भद्रपुरमा २५३, मेचीनगरमा ३३६, बिर्तामोड २२३, बुद्धशान्तिमा १५४, अर्जुनधारामा १९५, हल्दिवारीमा ११५, कचनकवलमा १७७, बाह्रदशीमा १४६, झापा गाउँपालिकामा १७४, कनकाईमा २०४, शिवसताक्षीमा २४४, कमल गाउँपालिकामा १४०, गौरादहमा १८३, गौरीगञ्जमा १८८ र दमक नगरपालिकामा १९४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भद्रपुरको मेयरमा ८, उपमेयरमा ७, मेचीनगरको मेयरमा १०, उपमेयरमा ८, बिर्तामोडको मेयरमा १०, उमपेयरमा ९, बुद्धशान्तिको अध्यक्षमा ७, उपाध्यक्षमा ११, अर्जुनधाराको मेयरमा ४, उपमेयरमा ५, हल्दिवारीको अध्यक्षमा ४, उपाध्यक्षमा ६, कचनकवलको अध्यक्षमा १०, उपाध्यक्षमा ६, बाह्रदशीको अध्यक्षमा १०, उपाध्यक्षमा ५, झापाको अध्यक्षमा ८, उपाध्यक्षमा ६, कनकाईको मेयरमा ८, उपमेयरमा ८, शिवसताक्षीको मेयरमा १०, उपमेयरमा ६, कमल गाउँपालिकाको अध्यक्षमा ७, उपाध्यक्षमा ८, गौरादहको मेयरमा ११, उपमेयरमा ७, गौरीगञ्जको अध्यक्षमा ७, उपाध्यक्षमा ८ र दमक नगरपालिकाको मेयरमा १६ , उपमेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।