काठमाडाैं । निर्वाचन आयोगले आजदेखि जिल्ला-जिल्लामा मतपत्र ढुवानी गर्ने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावकाे मतदानका लागि आयोगले मतदान स्थलहरूमा मतपत्र ढुवानी थाल्न लागेको हो । आयाेगका अनुसार साेमबारसम्म आवश्यक मतपत्रको ८० प्रतिशत छपाइ सकिएको छ ।
साेमबारसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको आयाेगले जनाएकाे छ । स्थानीय तह चुनावका लागि आयाेगले १ करोड ९४ लाख मतपत्र छाप्ने बताइसकेकाे छ ।
चुनावका लागि आवश्यक पर्ने निर्वाचन सामग्री ७७ जिल्लामै पठाइसकिएकाे आयाेगले जनाएकाे छ ।
Facebook Comments Box