काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर सवालाख बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार अझै पनि स्थानीय तहबाट उम्मेदवारी परेकाको संख्या प्राप्त भइरहेको छ ।
सोमबार बेलुका पाँच बजेसम्म उमेदवारीको समय रहेको भए पनि राति अबेरसम्म लाइनमा रहेकाको उम्मेदवारी दर्ता गरिएको छ ।
राति १ बजेसम्म १ लाख १८ हजार बढीको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका ३५ हजार २२१ पदमा वैशाख ३० गते निर्वाचन हुँदैछ ।
कतिपय ठाउँको अद्यावधिक भइरहेको आयोगको भनाइ छ ।
Facebook Comments Box