झापा । मनोनयन दर्ता गराउने क्रममा नेकपा माओवादी केन्द्रको आन्तरिक विवादका कारण झडप हुँदा झापाको बुद्धशान्ति गाउँपालिकाको कार्यालय तोडफोड भएको छ।
माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षको उम्मेदवारीका लागि पवन तिम्सिनाले मनोनयन दर्ता गर्ने क्रममा असन्तुष्ट पक्षले उनीमाथि आक्रमण गरेका थिए।
तिम्सिनासंगै उपाध्यक्ष पदका लागि अर्का आकांक्षी प्रेम नेम्बाङ पनि रहेका थिए। मनोनयन दर्ता गर्न तिम्सिना गाउँपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय जाँदा उनीमाथि आक्रमण भएको स्थानीयबासीले बताएका छन्।
तर नेम्बाङले तिम्सिनामाथिको आक्रमणका बारेमा अनभिज्ञता प्रकट गरे। तिम्सिनामाथि आक्रमण गर्ने समूहले गाउँपालिका कार्यालयका झ्यालका सिसासमेत फुटाएका छन्। गाउँपालिका कार्यालमाथि ढुंगामुडा हुन थालेपछि प्रहरीले बल प्रयोग गरेर उक्त समूहलाई तितरबितर गराएको थियो।
Facebook Comments Box