झापा । बैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरुमा उपमेयर पवित्रा महतारा प्रसाई, वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, सदस्यहरु प्रेमकुमार खरेल, यमुना आचार्य, कमला महरा, वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, सदस्य किशोर पौडेल, वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला, सदस्य पूर्णप्रसाद राजवंशी , वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , सदस्यहरु राहुल शर्मा , निर्मला सोनार , कविता डाँगी , वडा न. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , सदस्यहरु पवित्रादेवी कोइराला , शोभा विक , वडा नं ८ का वडाध्यक्ष अजय कार्की , सदस्यहरु लक्ष्मी नेपाली , इन्दिरा पाण्डे , गंगालाल राजवंशी , वडा नं ९ का वडा सदस्यहरु हरि चौलागाई , संगीता शिवा , वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङ, सदस्यहरु अर्जुन सिटौला, भक्तसिंह राजवंशी , गीता घिमिरे र दिपिका शिवा रहेका छन् ।
आगामी निर्वाचनका लागि बैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि बहालवाला जनप्रतिनिधिहरुको राजीनामा स्वीकृत गरिनु पर्ने हुन्छ । मेयर ध्रुवकुमार शिवाकोटीलाई उनीहरुले बुझाएको राजीनामा स्वीकृत भएको जनाइएको छ ।