काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यको तस्विर पोष्ट गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मामाथि व्यंग्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै उनले लेखका छन्, ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति!’
समयले कांग्रेस नेता महेश आचार्यलाई सम्झना गरिरहेको उल्लेख गर्दै महामन्त्री शर्माले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिएको बताएका छन्।
अर्थमन्त्री शर्माले निलम्बन गरेका गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले फिर्ता गरेको छ। नैतिक संकट सिर्जना भएको भन्दै अर्थमन्त्रीको राजीनामाको माग भइरहेका बेला शर्माको यस्तो टिप्पणी आएको हो।
Facebook Comments Box