काठमाडौं । सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको छ ।
मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको जानकारी दिए ।
उनले छलफल जारी रहेको र सकराकात्मक रूपले छलफल अघि बढेको जानकारी दिए। समग्रमा ६ महानगर र ११ उपमहानगरका बिषयमा छलफल भएको र छलफल सकारात्मक भएको उनको भनाइ छ ।
बैठकमा सहभागी एक नेताका अनुसार महानगरको बाँडफाँट टुङ्गिएको छ भने उपमहानरका बिषयमा छलफल जारी छ ।
Facebook Comments Box