काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। बैठक बिहान साढे ११ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्दैछ।
स्थानीय तह निर्वाचन आउन मात्र २४ दिन मात्र बाँकी रहँदा गठबन्धनले सिट बाँडफाँट गर्न सकेका छैनन्। त्यसैका लागि आज बैठक बस्न लागेकाे हो। यसअघि सोमबार दुई चरणमा बैठक बसे पनि कुरा मिल्न सकेको छैन।
विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारको बैठक अनिर्णित बनेको थियो।
Facebook Comments Box