काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पारेका छन्।
प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्ट्याएका हुन्।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धन दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा आज बेलुकासम्म सहमति जुटने दावीसमेत गरे ।
अहिले आफू गठबन्धन दलहरुबीचको छलफलबाटै आएको र बेलुकासम्म सहमति जुटने उनले बताए।
Facebook Comments Box