झापा । नेपाली काङ्ग्रेस झापाले आफ्ना कार्यकर्तालाई रुखमा मतदान गर्न तयारीमा रहन आग्रह गरेको छ ।
नेपाली कांग्रेस झापाका सचिब कृष्ण हुमागाईले काङ्ग्रेसले ‘बोल्ड’ निर्णय गर्ने तयारी गरेको सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।
गठबन्धनभित्र तीब्र खटपट बढेपछि काङ्ग्रेसका नेताहरुले सार्बजनिक रुपमै एक्लाएक्लै चुनावमा जाने अभिव्यक्ति दिन थालेका छन् ।
झापामा गठबन्धन भित्र ठूलो शक्ति रहेको काङ्ग्रेसले नै पालिकामा प्रमुख/ उपप्रमुख नपाउने अवस्था बनेपछि चिडिएको हो।
Facebook Comments Box