काठमाडौं । कांग्रेसले आफ्नो पक्षमा राम्रो चुनावी गीत बनाएर पठाउँलेलाई दुई लाख ७५ हजार रुपैयाँले पुरस्कृत गर्ने भएको छ।
प्रवक्ता प्रकाशरण महत संयोजक रहेको सांस्कृतिक समन्वय उपसमितिले पार्टीको पक्षमा राम्रो चुनावी गीत बनाउनेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
उपसमितिले प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सकिने सुविधा दिएको छ।
उपसमितिको निर्णयमा उल्लेख गरिएको छ, ‘दर्शक, श्रोता तथा छनोट समितिको निर्णय बमोजिम पार्टीको पक्षमा तयार पारिएको उत्कृष्ट गीतलाई २,७५ ०००।– (अक्षेरुपी दुईलाख पचहत्तर हजार रुपैयाँ मात्र) धनराशीबाट पुरस्कृत गरिने ब्यहोरा सम्पूर्ण लोकतन्त्रवादी कलाकारहरुमा जानकारी गराउदछु।’
Facebook Comments Box